नियम ३५
क्षतिपूर्ति निर्धारण समिति
(१) ऐनको दफा १० को उपदफा (३) बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम निर्धारण गर्न देहायका अध्यक्ष र सदस्यहरू भएको एक क्षतिपूर्ति निर्धारण समिति रहनेछ ः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) जलस्रोत उपयोग सम्बन्धी परियोजनासँग सम्बन्धित कार्यालयको प्रतिनिधि – सदस्य
(ग) जलस्रोतसँग सम्बन्धित नेपाल सरकारले तोकेको विशेषज्ञ – सदस्य
(२) ऐनको दफा १५ र १६ बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम निर्धारण गर्ने प्रयोजनको लागि उपनियम (१) मा तोकिएको समितिमा देहायका व्यक्तिहरू समेत सदस्य रहनेछन ः–
(क) हानि नोक्सानी भएको अचल सम्पत्तिको धनी वा निजको प्रतिनिधि – सदस्य
(ख) हानि नोक्सानी भएको अचल सम्पत्ति रहेको क्षेत्रका सम्बन्धित जिल्ला मालपोत कार्यालयको प्रतिनिधि – सदस्य
(ग) हानि नोक्सानी भएको अचल सम्पत्ति रहेको क्षेत्रको सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सदस्य – सदस्य
(३) उपनियम (१) बमोजिमको क्षतिपूर्ति निर्धारण समितिले क्षतिपूर्तिको रकम निर्धारण गर्दा प्रत्यक्ष तथा वास्तविक हानि नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्तिको रकम निर्धारण गर्नु पर्नेछ।
(४) क्षतिपूर्ति निर्धारण समितिको बैठक सम्बन्धी कार्यविधि उक्त समिति आफैँले निर्धारण गर्न सक्नेछ